काठमाडौँ- प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा भागबण्डाको अन्त्य गर्ने दाबी गरेका छन्।
सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्ति गर्ने गरेका हुन्।
‘आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दिक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो,’ उनले भने, ‘म आज यस अवसरमा त्रिभुवन विश्व विद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु।’
त्यसका निम्ति खुला प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभरका विज्ञ नेपालीहरूलाई उनको आह्वान थियो।


