ललितपुर- बीवाईडीले ललितपुरमा शोरूम सञ्चालनमा ल्याएको छ। पुलचोकमा सञ्चालनमा आएको शो रुमको ललितपुर महानगरपालिकामा मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन्।
महर्जनले आफूले बीवाईडीकै गाडी चढिरहेको भन्दै अहिले सबै बाटोमा कुदाउन सकिने बताए। उनले आफू पेट्रोलियम गाडी नचढ्ने उद्घोष पनि गरे। २०३० सम्ममा पेट्रोलियम गाडी बन्द गर्ने उनले बताए। उनले ठूला गाडीमा डिजेलको विकल्प बाहेक विद्युतीय मात्रै चलाउने बताए।
महानगरले ललितपुरभित्रका कोर एरियामा ईभी सटल बस सञ्चालनको तयारी गरिरहेको मेयर महर्जनले जानकारी दिए। ललितपुर महानगर स्मार्टसिटी बनाउने योजना रहेकाले विद्युतीय गाडी नै प्राथमिकता दिइने उनको भनाई छ।
नेपालमा ७ वर्षदेखी बीवाईडी नेपालको आधिकारिक विक्रेताको साइमेक्स रहेको छ। साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले मुख्य सहरमा शोरूम स्थापना भइसकेको बताइन्। उनले वान स्टोप सोलुसनको रूपमा शोरूमले काम गर्दै आएको जानकारी गराइन्।
नेपालमा अबौंको पेट्रोलियम पदार्थको विस्थापन विद्युतीय गाडीले गर्ने बताएकी छन्। शोरुम सञ्चालनमा ल्याएका ईको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाईडीले नयाँ पाइला अघि बढाएको बताए।
बीवाईडीले नेपालमा इ६, अट्टो ३, डल्फिनलगायतका मोडलहरु बिक्रीवितरण गर्दै आएको छ। आगामी शुक्रबार कम्पनीले सिल मोडल समेत सार्वजनिक गर्दै छ।



