२०८३ कार्तिक १४ गते शुक्रबार

‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ८
AI_british_college

काठमाडौँ– द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ।
ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो। ‘युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्यान्ड’ युकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल, र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको छ।

फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनका साथै उद्योगी/व्यवसायी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमसँगै प्यानल छलफल समेत भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले डिजिटल वालेटको युगबारे धारणा राखेका थिए। त्यसपछि भएको प्यानल छलफलमा नेपालमा लोकप्रिय डिजिटल वालेट प्लेटर्फमहरु– ई–सेवा, खल्ती र आईएमई पेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले डिजिटल वालेटको भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्स कसरी महत्वपूर्ण छ भन्नेबारेमा आफ्ना भनाइहरू राखे। उनले कसरी एआईले फिनटेकमा ठूला परिवर्तन ल्याउन सक्छ, र यसका सम्भावनाबारे पनि जानकारी दिए। सुब्बाले आइटिको क्षेत्रमा सिङ्गो देशलाई रूपान्तरण गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त युकेका विश्वविध्यालयका कार्यक्रमहरू नेपालमा ल्याएकोमा ब्रिटिस कलेजलाई धन्यवाद दिए।

नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालमा डिजिटल लगानीको बारेमा महत्वपूर्ण मन्तब्य दिएका थिए। उनले भने, ‘युके र नेपालबीच बलियो सम्बन्धलाई सुदृढ गर्दै यस अग्रगामी कार्यक्रमको सुरुवात भएको देख्न पाउँदा म निकै खुसी छु। ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढवा दिने हाम्रो प्रतिबद्धतालाई अझै झल्काएको छ।’

त्यस्तै, ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडनले भने, ‘हामीले सुदृढ भविष्यको लागि नयाँ प्रतिभालाई सही आकार दिनमा सँधै ध्यान केन्द्रित गरेका छौँ। त्यसैले विश्वभरका उद्योगहरूले एआई प्लेटर्फमहरु अङ्गाल्न थालेको अवस्थामा यस पाठ्यक्रमले दक्ष जनशक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्नेछ र विद्यार्थीहरूलाई चौथो औद्योगिक क्रान्तिमा नेतृत्व लिन तयार पार्नेछ भनेका थिए। विश्वभरि नै सबैभन्दा धेरै माग गरिएको यस बहुप्रतिक्षित विषय अध्ययन गर्न चाहनेहरूको लागि भर्ना आवेदन खुल्ला भइसकेको छ भनेर पनि बताए।’

प्रकाशित: २०८० माघ ८ गते सोमबार ०१:१३
प्रतिक्रिया

थप समाचार

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना