काठमाडाैं- देशको अग्रणी कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ। चोकोफन बिगफनमा चकलेटले भरिएको क्रस्पी र क्रन्ची वेफरका ४ तह हुन्छन्। त्यसमाथि भनिला स्ट्राइप्स हुन्छ।
आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ एकदमै आकर्षक छ। जसले अहिलेको उपभोक्ताको रुची र प्राथमिकतालाई सम्बोधन गर्दछ। चोकोफन बिगफन १५ ग्रामको मूल्य १० रुपैयाँ छ। यो उत्पादन जार र प्याकेटमा बजारमा उपलब्ध छ।
कम्पनीले चोकोफन बिगफनको नयाँ प्याकको बजार प्रबर्धन ‘ह्याप्पी न्यू प्याक टु यू’ भन्ने नाराका साथ सुरु गरेको छ। कम्पनीले सामाजिक सञ्जाल मार्फत प्रबर्धन गरिरहेको छ। चोकोफन बिगफनको उत्पादन संसारकै अत्याधुनिक वेफर उत्पादन प्रबिधिको अटोमटिक मसिनरीबाट गरिन्छ। यो उत्पादन स्वस्थकर रहेको कम्पनीको दाबी छ।
सुजल फूड्स प्रालि लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो। सुजल फूड्सले बिगत ५० वर्ष देखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्रि वितरण गर्दै आएको छ। कम्पनी को लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्यान्डीम्यान र फ्रेसडेन्ट हो।


