काठमाडौं- ओमोडा ई-५ नेपालमा सार्वजनिक भएको छ। कम्पनीले यो गाडीमा ३५ वटा भन्दा बढी सुरक्षा फिचर भएको जनाएको छ।
एसपीजी अटोमोवाइलका भाइस प्रसिडेन्ट धिरेन तामाङ्गले गाडी सुरक्षाको हिसावले उत्कृष्ट रहेको दाबी गरे। ओमोडाले ई-५ मा सुरक्षाको लागि ६ वटा एयरव्याग दिएको छ। साथै, एडास फिचर भित्र पर्ने १७ फिचर पनि ग्राहकले यसमा पाउने छन् । ई-५ मा ३६० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर दिएको छ।
कम्पनीले यसको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरेको कारण किन्ने ग्राहकले कम्तीमा ११ लाख ८९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने जनाएको छ। २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर ओमोडा ई-५ किन्ने हो भने ११ लाख ८९ हजार ९०० रुपैयाँ डाउन पेमेन्ट गरेर बाँकी रकम ४७ लाख ५९ हजार २०० रुपैयाँ बैंकबाट कर्जा लिनुपर्छ। अहिले बैंकले १० प्रतिशत हाराहारीमा नै विद्युतीय कारको लागि कर्जा उपलब्ध गराएका छन्।

रेन्ज र ग्राउन्ड क्लियरेन्स राम्रो ई-५ मा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री दिइएको छ। उक्त ब्याट्रीलाई सिंगल चार्जगर्दा ४३० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ। गाडीमा ९९ किलोवाटको मोटर दिइएको छ । ई-५ को लम्बाई ४.४ मिटर छ भने यसमा २६३० एमएमको ह्वीलवेस दिइएको छ। त्यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ।


