काठमाडौँ- एनसेलका ग्राहकले अब डबल डाटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्ने भएका छन्। ग्राहकहरु मन पराएका कारण डबल मजा अफर पुनः ल्याइएको एनसेलले जानकारी दिएको छ।
अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको कर सहित रु. १५० मा ५ जीबी डाटा वा रु. २०० मा ८ जीबी डाटा लिन सकिनेछ। त्यसैगरी रु. ८८८ मा २८ दिन समयावधी रहेको ८८ जीबी डाटा खरिद गर्न सक्ने एनसेलको भनाइ छ।
प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डाटा बोनस स्वरुप प्राप्त गर्ने विशेषता यसमा छ। उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डाटा बोनसका रुपमा प्राप्त गर्दछ।
डबल मजा प्याक खरिद गर्न ग्राहकले *१७१२३# डायल गर्न सक्छन्। साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत यो प्याक किन्न सकिन्छ।
यो अफरमा बोनसको रूपमा दोब्बर डाटा प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ।
प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डाटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन्।
७ दिन भ्यालिडिटी भएका रु. १५० र रु. २०० का डबल मजा प्याकमा पाइने बोनसको संचित डाटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ। त्यसैगरी रु. ८८८ को प्याकमा पाइने संचित बोनस डाटा ६० दिनसम्म चलाउन सकिन्छ।
यसैबीच एनसेलले कर सहित रु. २२० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ। यो प्याकमा ग्राहकले ४ जीबी डाटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन्।


