काठमाडौँ- काठमाडौँको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ।
आइतबार दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरीले जानकारी दिएको हो।
आगलागी अहिले नियन्त्रणमा आइसकेको छ।
आगलागी नियन्त्रणमा लिन ५ वटा दमकल प्रयोग भएको थियो।
क्षतिको विवरण भने आइसकेको छैन।


