काठमाडौँ- लघु वित्त तथा सहकारी पीडितले बालुवाटारमा प्रदर्शन गरेका छन्।
सिफलचौरबाट पैदलयात्रा गरी पीडितहरू बालुवाटार पुगेका हुन्।
फागुन ६ गते काठमाडौं आएका उनीहरु न्याय नपाएसम्म नफर्कने घोषणा गरेका छन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका थिए।
लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाएका थिए।
प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएपनि पीडितले आन्दोलनको स्वरूप परिवर्तन गरेका छैनन्।















