काठमाडौँ- सन्दीप लामिछानेलले काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पाटन उच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गराएका छन्। बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेले बिहीबार पुनरावेदन मुद्दा दर्ता गराएका हुन्।
रजिष्ट्रार मानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ मा थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने व्यवस्था छ। सोही व्यवस्था अनुसार लामिछानेले पुनरावेदन मुद्दा दर्ता गराएका हुन्।
पाटनले लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिमको सुविधा दिएको हो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेट खेलाडी लामिछानेलाई गत पुस २५ गते ८ वर्ष कैद, रु ३ लाख जरिवाना र रु २ लाख क्षतिपूर्ति निर्धारण गरेको थियो।
गौशाला–२६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई गत पुस १३ गते दोषी ठहर जिल्ला अदालतले निर्णय गरेको थियो।
लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई गत वर्ष असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।


