२०८३ कार्तिक १२ गते बुधबार

अर्थ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नहुँदा अर्थतन्त्रमा थप संकट आयो : उद्योग संगठन, मोरङ

 |  Untitled
Sanket

Untitled

मोरङ, फागुन-२८
उद्योग संगठन मोरङ

मोरङ- विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा छाएको मन्दीप्रति नेपाल सरकार तथा राजनीतिक दलले नजरअन्दाज गरेको आरोप उद्योग संगठन, मोरङले लगाएको छ। देशको अर्थतन्त्र जर्जर बन्दै जादा तालुकदार मन्त्रालयहरु अर्थमन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्रीविहिन भएकोमा उसले दु: ख व्यक्त गरेको छ।

‘अर्थतन्त्र सुधारका लागि उपयुक्त विधि, नीति तथा प्रकृयाबाट अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन अहोरात्र काम गर्नुपर्ने यस क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने अर्थ तथा उद्योग मन्त्रालय नै नेतृत्व विहिन अवस्थामा राखिनुले उद्योगी व्यवसायीका समस्या एवं समग्र अर्थतन्त्रको समस्या प्रति सरकार संवेदनशिल देखिँदैन’, उसले जारी गरेको अपिलमा भनेको छ।

समग्र अर्थतन्त्रका सूचकांक लगातार ऋणात्मक भइरहदा एवं निजी क्षेत्रले उद्योग व्यवसाय क्षेत्रमा गरेको ठूलो लगानी जोखिम उन्मुख हुँदा समेत सरकारको ध्यान अर्थतन्त्रको व्यवस्थापनमा भन्दा पनि वढी राजनीतिक बिषयमा मात्रै केन्द्रित हुनु दु:खद भएको ठहर संगठनको छ।

विगतको संक्रमणकालीन अवस्था पश्चात भएको राजनीतिक व्यवस्थापनसंगै देशको आर्थिक एवं औद्योगिक विकासका सन्दर्भमा साझा आर्थिक एजेन्डा तय भई अर्थतन्त्रले गति लिने उद्योगी व्यवसायी र आमसर्वसाधारणको चाहनाको सम्वोधन गर्न उसले राजनीतिक दलहरुलाई आग्रह गरेको छ।

उद्योग व्यवसाय क्षेत्रमा छाएको मन्दीले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर भन्दै संगठनले समस्या समाधानका लागि अपिल गरेको हो। बजारमा व्याप्त आर्थिक शिथिलताका कारण बजार मागमा कमि आएको, वांकी वक्यौता उठ्न कठिनाई भएको र उद्योगी व्यवसायीलाई वित्तीय व्यवस्थापनमा कठिनाई भएको उसले ठहर गरेको छ। उद्योगी व्यवसायीलाई आफ्ना कलकारखाना बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा ल्याएको बताइएको छ।

विगतको संक्रमणकालीन अवस्था पश्चात भएको राजनीतिक व्यवस्थापनसंगै देशको आर्थिक एवं औद्योगिक विकासका सन्दर्भमा साझा आर्थिक एजेन्डा तय भई अर्थतन्त्रले गति लिने उद्योगी व्यवसायी र आमसर्वसाधारणको चाहनाको सम्वोधन गर्न उसले राजनीतिक दलहरुलाई आग्रह गरेको छ।

राजनैतिक समस्याहरुको समाधानमा मात्रै बैठक छलफल गरि सहमति जुटाउने र निकास निकाल्ने उच्च राजनैतिक नेतृत्वले अर्थतन्त्रका विद्यमान चुनौतीहरुलाई सम्बोधन गर्न समेत यहि प्रकृतिको तत्परताका देखाउन उद्योग संगठन मोरङले अपिल गरेको छ।

राजनीतिक र आर्थिक व्यवस्थापनको समानान्तर विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने यर्थाथलाई आत्मसात गरी अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान भयावह स्थितिलाई नजरअन्दाज नगर्न तथा समग्र अर्थतन्त्र शिथिल भएको यो यथार्थलाई गम्भिरतापूर्वक लिन संगठनले भनेको छ ।

‘तरलता अभाव, ब्याजदर बृद्धि, बजार मागमा कमी मात्र होइन अन्तराष्ट्रिय स्तरमा भएको मूल्य बृद्धि, कच्चा पदार्थ एवं इन्धनको मूल्य बृद्धिको चाप समेत प्रत्यक्षरुपमा उत्पादन लागतमा परेको कारणले वर्तमान समस्या जटिल बन्दै गएको छ’, उद्योग संगठन मोरङले भनेको छ ।

वर्तमान अर्थतन्त्रमा देखिएका समस्याको समाधान सामान्य प्रकृतिको टालटुले नीतिले नहुने भन्दै संगठनले दिगो समाधानका लागि नीजि क्षेत्रलाई समेत साथमा लिई अगाडी बढ्न सरकार तथा सरोकारवाला सम्वन्धित सबैमा अपिल गरेको छ।

प्रकाशित: २०७९ फाल्गुण २९ गते सोमबार ०४:५०
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना