२०८३ असोज २२ गते बिहिबार

सत्तामा जान रविले लत्याए आफ्नै प्रतिवेदन

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, फाल्गुण २२
rabi sir
फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै प्रतिवेदन लत्याउँदै सत्तामा आरोहण गरेको छ। गत मंसिर १४ गते महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पारित गरेको प्रतिवेदनलाई कुर्सीमा जानका लागि रास्वपा सभापति रवि लामिछानेले सत्तायात्राको समझदारी गरेका हुन्।

जलेश्वर बैठकमा सभापति रवि लामिछानेले पेस गरेको प्रस्ताव सर्वसम्मत पारित भएको थियो। प्रतिवेदनमा प्रदेश संरचनाको विकल्पबारे सोच्न एकछिन पनि ढिला गर्न नहुने उल्लेख छ।

महोत्तरीको जलेश्वरमा तीन दिन चलेर बुधबार सकिएको केन्द्रीय समिति, संसदीय दल र प्रदेश समितिका सभापतिसहितको संयुक्त बैठकले प्रदेश संरचना हटाउनुपर्ने प्रस्तावसहितको सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो।

‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीं लैजाँदैन। त्यसमाथि यो भ्रष्ट्राचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेकोछ। यसकोविकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न,’ सभापति लामिछानेको प्रस्तावमा रास्वपा केन्द्रीय समिति र संसदीय समितिको बैठकले पारित गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको प्रदेश संरचना दलका नेता-कार्यकर्ता व्यवस्थापन गर्नकै लागि बनाइएकोजस्तो प्रतित हुन्छ। र, एकहदसम्म हेर्दा हो कि झैं पनि लाग्छ। आफ्नो उपादयता पुष्टि गर्न नसक्दा आमनागरिक प्रदेशस्तरको संरचनाप्रति असन्तुष्ट छन्। नागरिकका आवाज सुने/नसुनेझैं गर्ने, असन्तुष्टि देखे/नदेखेझैं गर्ने र नागरिकको भावना बुझे/नबुझेझैं गर्ने दल, राजनीतिक दल हुन सक्दैन। त्यसैले प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं। प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ।’

रास्वपाले पारित गरेको रविको प्रतिवेदनमा विरोधाभास [पूर्णपाठ]

तर फागुन २१ गतेमा आइपुग्दा रास्वपा सभापति रवि लामिछानेले आफैँले गरेको प्रस्ताव गरी पारित गराएको प्रतिवेदनलाई रद्दीको टोकरीमा मिल्काएका छन्। फागुन २१ गते सार्वजनिक भएको एमाले, माओवादी, रास्वपा र जसपाबीचको ८ बुँदे सम्झौतामा संघीयता बलियो बनाउने विषयमा उनै रवि लामिछानेले हस्ताक्षर गरेका छन्।

‘संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने,’ रास्वपाका रवि लामिछानेसहित चार दलबीच भएको सहमतिको पाँचौँ बुँदामा उल्लेख छ।

प्रदेश तहको काम नभएको भन्दै रास्वपाले यसअघिको निर्वाचनमा पनि प्रदेशका कुनै पनि क्षेत्रमा उम्मेदवार उठाएको थिएन। अब हुने उपनिर्वाचनमा पनि उसले उम्मेदवारी नदिने बताइसकेको छ।

यसअघि रवि लामिछानेले २०८४ को निर्वाचन अघि कुनै पनि हालतमा रास्वपा सरकारमा नजाने उद्घोष गरेका थिए। आफूले गरेको उक्त उद्घोषलगायत विगतमा गरेका प्रतिबद्धता, आफ्नो दलको मान्यता/अडान/विश्वासलाई रास्वपाले सत्तामा जानुपरेपछि बिर्सिएको हो।

चार दलबीच भएको सहमतिअनुसार रास्वपा उपसभापति डीपी अर्यालले मन्त्रीका रूपमा शपथ लिइसकेका छन्। रास्वपाले सरकारमा ४ मन्त्री पाउनुपर्ने दाबी गरेको छ।

रास्वपाका अर्का उपसभापति डा स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दल रास्वपालाई अत्यधिक विश्वास गरेका कारण सत्ता सहकार्य गर्न तयार भएको जिकिर गरेका छन्।

दोहोरो नागरिकता बनाएको मुद्दामा दोषी ठहर भएपछि गृहमन्त्रीबाट मुक्त भएका रवि लामिछानेले फेरि पनि गृह मन्त्रालय नै पाउनुपर्ने अडान एमाले-माओवादी गठबन्धनमा राखेका थिए।

तर एमाले र माओवादी दुवै दलले गृह मन्त्रालय रविलाई दिन अस्वीकार गरेपछि डीपी अर्याललाई रविले मन्त्री बनाएका हुन्।

आफ्नै पार्टीले पारित गराएको प्रतिवेदनविरुद्ध सरकारमा जानका लागि सहमति गरेको भन्दै रास्वपामा असन्तुष्टि बढेको छ।

यस्तो छ चार दलबीच भएको ८ बुँदे सहमति

प्रकाशित: २०८० फाल्गुण २२ गते मङ्गलबार १०:२९
प्रतिक्रिया

थप समाचार

कांग्रेस महाधिवेशनः प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार...

कांग्रेस महाधिवेशनः मतदानको समय दिउँसो १ बजेसम्म सारियो

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार...

मन्त्रिपरिषद्का ६ निर्णयः नवीनराज सिंहलाई सचिवमा बढुवालगायत १५३ पीडितलाई क्षतिपूर्ति

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष...

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको...

आर्थिक नीति सुधारमा योगदान गर्न कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीः डा गोविन्दराज पोखरेल

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पार्टीको आर्थिक तथा विकास...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना