२०८३ कार्तिक १३ गते बिहिबार

अर्थमन्त्रीले अझै बनाउन सकेनन् टिम, भेटघाटमै बित्छ अधिक समय

 |  किशोर दाहाल
Sanket

किशोर दाहाल

काठमाडौँ, बैशाख ५
prakash_sharn_mahat

काठमाडौँ- डा प्रकाशशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको १८ दिन बितेको छ। यो बीचमा उनले टिम बनाएर काम गर्ने गरेपनि कर्मचारी सरुवामा चौतर्फी दबाब झेल्न नसक्दा प्रक्रिया बीचमै अवरुद्ध भएको छ। मन्त्री बनेर आएका दिनदेखि ठूलो संख्यामा मन्त्रालय पुग्ने सरोकारवाला र स्वार्थ समूहसँग भेटघाटमा नै मन्त्रीको समय बित्ने भएकाले बजेट निर्माणलगायतका मन्त्रालयका नियमित काम प्रभावित बन्न थालेका छन्।

चैत २३ गते विभिन्न मन्त्रालयबाट चार जना सहसचिव अर्थमा तानेका डा महतले उनीहरू सबैलाई जिम्मेवारी दिन सकेका छैनन् भने पुराना कर्मचारीलाई सरुवा गर्न सकेका छैनन्। सहसचिवहरू भुपाल बराल र उत्तरकुमार खत्री, बाबुराम सुवेदी र जनकराज शर्मालाई मन्त्रालय तानेका डा महतले खत्रीलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिँदा बराललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनाएका छन्। जनकराज र बाबुराम जगेडामा छन्।

धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखाबाट हटाएर खत्रीलाई ल्याइएको हो। सार्वजनिक संस्थान तथा समन्वय महाशाखाबाट झक्कप्रसाद आचार्यलाई हटाएर बराललाई जिम्मेवारी दिइएको हो।

अर्थमन्त्री डा.महतले बनाएको बजेट मस्यौदा लेखन समितिमा धनीराम रहेपनि उनलाई महाशाखाविहीन बनाइएको छ। आचार्यलाई सरुवा गरिएको भएपनि उनलाई अहिलेसम्म पनि सरुवाको पत्र मन्त्रालयले दिएको छैन।

मन्त्री महतले भुपाल बरालको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति बनाएका छन्। जनकराज शर्मा, बाबुराम सुवेदी, उत्तरकुमार खत्री, धनीराम शर्मा र आनन्द काफ्ले समितिमा सदस्य छन्।

अर्थमन्त्री डा.महतले बनाएको बजेट मस्यौदा लेखन समितिमा धनीराम रहेपनि उनलाई महाशाखाविहीन बनाइएको छ।आचार्यलाई सरुवा गरिएको भएपनि उनलाई अहिलेसम्म पनि सरुवाको पत्र मन्त्रालयले दिएको छैन।

चार जना सहसचिवलाई मन्त्रालय तानेका डा महतले अहिलेसम्म कुनै पनि सहसचिवलाई मन्त्रालयबाहिर पठाउन सकेका छैनन्। प्रधानमन्त्री, मन्त्री, दलका नेताहरुले आ-आफ्ना रोजाइका सहसचिव मन्त्रालयमा राख्न दबाब दिएपछि अर्थमन्त्री अन्योलमा छन्।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले सहसचिव सरुवामा चासो देखाएका छन्। यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल र मुख्य सचिव शंकरदास बैरागी समेतले आ-आफ्नो फर्माइसका सहसचिवहरु सरुवा गर्नबाट रोकेका छन्।

गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग मन्त्रालयमा भेटपछि तस्बिर खिचाउँदै अर्थमन्त्री डा महत। तस्बिर : अर्थ मन्त्रालय

अर्थसचिव तोयम राय अहिले नेपाल बाहिर छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कार्यक्रममा अमेरिका प्रस्थान गरेका राय मन्त्रालय फर्कन अझै एक साता लाग्ने मन्त्रालय स्रोतको भनाइ छ। उनीसँगै अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि अमेरिका गएका छन्। मन्त्रालयका सचिव नै नभएपछि कर्मचारी सरुवा तथा जिम्मेवारी हेरफेरमा समस्या छ।

कर्मचारीवृत्तमा ‘पावर ब्रोकर’ भनेर चिनिने दीपक भट्टले पनि अर्थ मन्त्रालय ल्याउने सचिवको नाम मन्त्रीसामु पुर्‍याएको बताइन्छ। स्रोतका अनुसार सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर अर्थ मन्त्रालयमा आउनका लागि जोडबल गरिरहेका छन्। मन्त्री महत भने अर्थकै क्याडरलाई सचिव बनाउने पक्षमा छन्। बाहिरबाट कर्मचारी ल्याउँदा पनि आफूअनुकुल टिम नबन्ने देखिए हालकै सचिवबाट काम चलाउने पक्षमा महत छन्।

मन्त्री महतले राजस्व सचिव पनि फेर्न चाहेका छन्। तर यसका लागि उनलाई सहज छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणासँग कुरा मिलाएर आफ्ना लागि उपयुक्त टिम बनाउन महतलाई सकस छ।

बजेट निर्माण जटिल
अर्थमन्त्री डा. महतले आफ्नो टीम बनाउन नसक्दा बजेट निर्माणमा असर पुगेको छ। बजेट बाडफाँड, बजेटको सीमा निर्धारण, मन्त्रालयगत छलफल, प्रदेश तथा स्थानीय तहसँग छलफल गरी आगामी वर्ष दिनुपर्ने बजेटको खाका बजेट तथा कार्यक्रम बजेट निर्माण महाशाखाले तयार पार्छ। यसैगरी वर्षभरी उठाउने आन्तरिक ऋण तथा ब्याज दायित्व, परियोजना तथा नयाँ कार्यक्रम थपघट गर्ने र एलएमबीआईएस मिलाउने काम उक्त महाशाखाले गर्छ।

यसैगरी आन्तरिक तथा भन्सारको दर थपघट तथा परिवर्तन गर्ने काम राजस्व व्यवस्थापन महाशाखाले गर्छ। उक्त महाशाखामा अहिले पनि अर्थमन्त्री महतले आफूले चाहेको सहसचिव तोक्न सकेका छैनन्।

राजस्व अनुमान गर्नका लागि आन्तरिक राजस्व विभाग र भन्सार विभागको मुख्य भूमिका हुन्छ। दुवै विभाग मन्त्री डा. महतको पकडमा छैन। भन्सार विभागमा माओवादी निकट मानिने चक्रबहादुर बुढा महानिर्देशक छन् भने आन्तरिक राजस्व विभागमा एमाले निकट दीर्घराज मैनाली महानिर्देशक छन्। दुवै विभागका महानिर्देशक सरुवा गर्न सक्ने अवस्था छैन।

भन्सारका महानिर्देशक बुढा राजस्व समूहका उम्दा क्याडर होइनन्। कुन दर चलाउँदा राजस्व असुली र अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने अहिलेसम्म पनि खासै मेलोमेसो नपाउने गरेको भन्सार कर्मचारीले गुनासो गर्छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणासँग कुरा मिलाएर आफ्ना लागि उपयुक्त टिम बनाउन महतलाई सकस छ।

यस्तै अर्का महानिर्देशक मैनाली भूमिकालाई पनि शंकाको दृष्टिकोणबाट हर्ने गरिएको छ। मन्त्रीले आफ्नो विश्वासका क्याडर मन्त्रालय र यस अन्तर्गतका मुख्य निकायहरुमा नराखेमा बजेट निर्माण सम्बन्धी गोप्य सूचना बाहिरिने खतरा रहन्छ। जसले गर्दा स्वार्थ समूहहरुले चलखेल गर्ने मौका पाउँदा समग्र अर्थ प्रणालीभित्रै संकटमा पर्ने जोखिम उच्च हुने भएपनि अर्थमन्त्री डा. महतले यसतर्फ ध्यान दिन सकेका छैनन्।

मन्त्री नयाँ आउनासाथ पुराना कर्मचारीहरुको मनोबल र आत्मविश्वासमा कमी आउँछ। सचिवदेखि सहसचिव सरुवा कुरेर बसेका हुन्छन्। मन्त्रीले अर्को टिम ल्याउने विश्वासमा उनीहरुले आफ्नो काम पूर्ण लगावका साथ गर्न सक्दैनन्।

अहिले मन्त्रालयभित्र पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बनाएको टिम जस्ताको त्यस्तै छ। त्यसमा उनले खासै फेरबदल गर्न सकेका छैनन् भने उनीहरुप्रति डा.महतले खासै धेरै विश्वास गरेको पनि देखिँदैन। नयाँ सहसचिव भित्र्याउने र उनीहरुलाई जिम्मेवारी पनि दिएर पुरानालाई बिदा पनि गर्न नसक्ने, नयाँ सचिव ल्याएर नयाँ टीम बनाउन पनि नसक्दा आगामी बजेट निर्माण प्रभावित हुने देखिएको हो।

अर्कोतर्फ यतिवेला अर्थमन्त्रीले बजेटमा लगाउनुपर्ने महत्वपूर्ण समय भेटघाटमा नै खर्च गरिरहेका छन्। मन्त्रालयभित्र स्वार्थ समूहको भिड लाग्ने गरेको छ। स्वार्थ समूहको भेटघाटमा व्यस्त अर्थमन्त्री महत अर्थ मन्त्रालयभित्रको खास काममा प्रवेश नै नगरेको विश्लेषण मन्त्रालयभित्रै हुने गरेको छ।

‘मन्त्रीज्यु भेटघाटमा नै बढी व्यस्त हुनुहुन्छ। बजेट आउन ४० दिन पनि बाँकी छैन। उहाँलाई भेटघाट गर्न आउने मानिसहरुको घुइँचो बढी छ। मन्त्रीज्युको अधिकांश समय भेटघाटमा नै व्यतित हुँदा बजेट निर्माण र मन्त्रालयको मुख्य काममा समय नै दिन पाउनु भएको छैन,’ मन्त्रालय स्रोतले भन्यो।

जनार्दन शर्मा बाहेकका अर्थमन्त्रीले मन्त्रालयमा आउने स्वार्थ समूहलाई खासै समय दिएका थिएनन्। बजेट निर्माणको समयमा मन्त्रीहरूले भेटघाट सीमित गर्ने गरेका थिए। डा.रामशरण महत र डा.युवराज खतिवडाको पालामा बजेट निर्माणको समयमा मन्त्रालय सुनासन हुने गरेको अर्थका कर्मचारी बताउँछन्।

प्रकाशित: २०८० बैशाख ५ गते मङ्गलबार ०२:१३
Sanket

किशोर दाहाल

दाहाल अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना