२०८३ कार्तिक १३ गते बिहिबार

९ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख ६
vansar

चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा १० खर्ब ८३ अर्ब नाँघेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ । विभागका अनुुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि १८ दशमलव ८९ प्रतिशतले घटेको देखिन्छ । विभागको तथ्याङ्कअनुसार समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ०४ र निर्यातको हिस्सा आठ दशमलव ९६ प्रतिशत बराबर रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भारतसँग मात्र नेपालले ६ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । अर्थात् यो अवधिमा नेपालले भारतबाट सात खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो ।

अर्को छिमेकी मुलुक चीनसँग यही अवधिमा नेपालले एक खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ । अर्थात् चैत मसान्तसम्ममा नेपालले चीनबाट एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा रू ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो ।

संयुक्त अरब इमिरेट्स पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रुपमा देखिएको छ । यो अवधिमा नेपालले युएईबाट २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ । त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ ।

नौ महिना अवधिमा नेपालले सबैभन्दा धेरै एक खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ । ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ । नेपालले बढी आयात गरेको वस्तुमा फलामजन्य वस्तु चौथो स्थानमा छ । चैत मसान्तसम्ममा ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात भएको छ । त्यस्तो अप्रशोधित तेल ३० अर्ब र अप्रशोधित पाम तेल २२ अर्ब बराबरको आयात भएको देखिन्छ ।

चैत मसान्तसम्ममा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तुमा पनि पामतेल र सोयाबिन तेल देखिन्छ । यो अवधिमा नौ अर्ब दुई करोड बराबरको पामतेल र आठ अर्ब ४३ करोड बराबरको सोयाबिन तेल भारत निर्यात भएको छ । बढी निर्यात हुने वस्तुमा अलैँची तेस्रो नम्बरमा छ । यो अवधिसम्ममा नेपालले ६ अर्ब ३३ करोड बराबरको अलैँची निर्यात गरेको छ ।

प्रकाशित: २०८० बैशाख ६ गते बुधबार ०९:१५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना