काठमाडौँ– राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्। राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले केही बेरअघि राजीनामा पत्र बुझाएकी हुन्।
गत माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षमा उनी निर्विरोधि निर्वाचित भएकी थिइन्।
सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाट नारायण दाहाल निर्वाचित भएपछि उनले राजीनामा बुझाएकी हुन्। अर्याल पनि माओवादीबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। सभाको अध्यक्ष र उपाध्यक्ष फरक दलबाट चुनिनु पर्ने व्यवस्था छ।
यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो। नेकपा एस गठबन्धनमा मिसिएसँगै नयाँ सहमतिमा त्यो बुँदा हटाइएको छ।



