२०८३ कार्तिक २३ गते आईतबार

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १६
ader55u

ल्हासा (चीन)- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुक तीव्र आर्थिक समृद्धिको यात्रामा रहेकाले आर्थिक कूटनीतिमा ध्यान दिन ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई निर्देशन दिएका छन्। जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले चीनका सिजाङ्ग (ल्हासा)मा रहेको नेपाली माहावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रममा मुलुकको समृद्धिमा आर्थिक कूटनीति महत्त्वपूर्ण रहेको बताए। मुलुक आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेकाले यसलाई ठोस नतिजामा पुर्याउन र यसलाई मूर्तरुप दिन ठोस योजनाबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘ठोस नतिजा देखिने र द्रूत प्रगति हुने काममा योजनाबद्ध भई काम गर्न दूतावासले आर्थिक कूटनीतिलाई अधिकतम प्रयोग गर्नुपर्छ।’

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र परस्पर लाभको पक्ष प्रभावकारी बनाउन योगदान पुर्याउनुपर्नेमा उनले जोड दिए। उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा भएका उच्चस्तरका भेटमा आर्थिक सहयोग अभिवृद्धिलाई मुख्य केन्द्रमा राखिएको बताए।

नेपालको प्रत्यक्षरूपमा तिब्बतसँग जोडिएका नाका र यसका अतिरिक्त छोङछिङ, सिचुवान र तिब्बतलाई नेपालको विकाससँग सम्बन्धित नेपाल चीन आर्थिक करिडोरका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गदै उनले भने, ‘मुलुकमा लगानी तथा व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहयोगमा दूतावासले महत्त्वपूर्ण योगदान गर्नुपर्ने आवश्यकता छ।’

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलत बनाउने काममा वर्तमान सरकार तुलनात्मक रूपले सफल भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले सरकार आर्थिक विकासको प्रक्रियालाई तीव्र र मूर्त बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए। उनले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा महावणिज्यदूत नवराज ढकालले नेपाल र चीनको व्यापार मुलतः तिब्बतमा अवस्थित स्थलमार्गबाट हुने गरेको जानकारी दिँदै व्यापार सहजीकरणमा दूतावासले भूमिका निर्वाह गर्दै आइरहेको बताए। नेपालका तर्फबाट विभिन्न समयमा भइरहेका उच्चस्तरका भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणबाट व्यापार तथा वाणिज्य र लगानी प्रवर्द्धन गर्न सघाउ पुगेको बताए।

नेपाली व्यापारीहरूको स्थायी प्रकृतिको बसोबास मुख्यतः ल्हासामा नै रहेको जानकारी दिँदै महावाणिज्यदूत ढकालले नेपाल र चीनबीचका जनताबीच हुने सांस्कृतिक, सामाजिक तथा धार्मिक सम्बन्ध तिब्बत र नेपालको उत्तरी भू–भागकाबीच रहेको बताए। चीन सरकारले नेपाल सरकारलाई दिने अधिकांश अनुदान सहयोग कार्यान्वयनको जिम्मा तिब्बत स्वायत्त सरकारलाई नै दिने गरेको उनको भनाइ छ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र यादव, परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, उपप्रधानमन्त्रीका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठ, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत भ्रमणदलका सदस्य सहभागी थिए। उपप्रधानमन्त्री श्रेष्ठ आजै चीनको छोङछिङबाट आजै तिब्बतको ल्हासा आइपुग्नुभएको हो। शनिबार नेपाली प्रतिनिधिमण्डलले कैलाश मानसरोबर क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

प्रकाशित: २०८० चैत १६ गते शुक्रबार ०९:५९
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना