इलाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परिवर्तन खोजेको इलाममा घण्टी बजिसकेकाे बताएका छन्।
आज इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरेर उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको छ।
उक्त कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गरे। उनले परिवर्तनको घण्टी बजिसकेको बताए।
सभापति लामिछानेले इलामले परिवर्तन खोजेको बताए। आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको हाे।
पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेता इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन्।


