२०८३ साउन १३ गते बुधबार

सांगठनिक गतिविधि बढाउँदै थप गतिशील बनाउने प्रेस युनियनको निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १७
guaerre

इनरुवा (सुनसरी)- इटहरीमा बसेको नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको बैठक १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

बैठकले नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि वृद्धि गर्दै संगठनलाई थप गतिशील बनाउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गर्ने निर्णय गरेको युनियन केन्द्रीय महासचिव दिलीप पौडेलले जानकारी दिए।

उनका अनुसार पत्रकारको क्षमता अभिवृद्धिका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’मा जिल्ला शाखा, प्रतिष्ठान शाखा, उपशाखा र प्रदेश समितिलाई परिचालित गरी प्रशिक्षणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने, नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहने पनि घोषणापत्रमा उल्लेख छ।

पत्रकार महासङ्घले सदस्यता टुङ्गो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियनको गम्भीर ध्यानाकर्षण भएको र सदस्यता तथा मतदाता नामावलीको टुङ्गो लगाएर मात्र नेपाल पत्रकार महासङ्घका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न युनियनले आग्रह गरेको छ।

त्यसैगरी पत्रकार महसङ्घको सदस्यता टुङ्गो नलगाई अधिवेशन गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासङ्घ नै हुने युनियनको ठहर रहेको जारी घोषणापत्रमा उल्लेख गरेको छ।

त्यसैगरी श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा नेपाल प्रेस युनियन गम्भीर र चिन्तित रहेको पनि जनाइएको छ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयन समेत हुन नसकेको विषयमा युनियनको गम्भीर ध्यानाकर्षण भएको र श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन तथा कानुनमा भएको व्यवस्थ अनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियनले आग्रह गर्ने निर्णय सहितको घोषणापत्र जारी गरेको छ।

त्यसैगरी सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, भुक्तानी प्रक्रियालाई छिटो र सहज बनाउन, सञ्चारमाध्यम दर्ता र आबद्धतालाई सहज र सहुलियतपूर्ण बनाउन स्वरोजगारमुलक सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धन गर्न समेत युनियनले आग्रह गरेको छ।

बैठकले अनलाइन मिडियालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन समेत जोडदार माग गरेको महासचिव पौडेलले जानकारी दिए। त्यसैगरी सञ्चारमाध्यमले पनि आचारसंहिता पालना गर्दै विश्वसनीय र सत्यपरक समाचार काशन तथा प्रशारणमा ध्यान दिन आग्रह गरेको छ।

सञ्चारमाध्यममा सहभागीता र समावेशितालाई जोड दिने र समाचारको विषयवस्तुमा पनि विविधता ल्याउने गरी प्रोत्साहनको नीति ल्याउन नेपाल प्रेस युनियनले माग समेत गरेको उनले बताए।

त्यसैगरी समग्र सूचना प्रविधि क्षेत्रको विकास, व्यवस्थापन र नियमनसहित व्यक्तिगत तथ्याङ्क संरक्षण एवं साइबर सुरक्षा र साइबर अपराधलगातयका विषयलाई नियमन गर्न सरकारले तयार गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ को मस्यौदा प्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको प्रेस युनियनले जारी गरेको सुनसरी घोषणापत्रमा उल्लेख गरेको छ।

बैठकले सुनसरीको प्रसिद्ध बराहक्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सम्पदा संरक्षण, सम्वद्र्धन र आवश्यक पूर्वाधार निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने र आगामी चैत २७ गतेदेखि एक महिनासम्म चल्ने महाकुम्भ मेलामा सहभागी हुन्, मेलाको आवश्यक प्रचारसमा सघाउन सञ्चारकर्मीलाई आग्रह गर्ने पनि निर्णय गरेको छ। बैठक प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: २०८० चैत १७ गते शनिवार १०:०५
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना