२०८३ कार्तिक २३ गते आईतबार

नागरिकमा आशा जगाउने सरकारको उद्देश्य हो : मन्त्री भण्डारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १९
damodar bhandari

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले सो कुरा बताएका हुन्।

मन्त्री भण्डारीले भन्नुभयो, ‘यो कानुन आजको आवश्यकता हो। समय सान्दर्भिक पनि छ। उद्यमशितालाई प्राथमिकता दिँदै कारोबारलाई विश्वसनीय बनाउन, व्यवसायको वर्गीकरण गर्ने विषयमा सांसदहरुले दिनुभएको साझा मतलाई आत्मसाथ गरिनेछ।’

युवालाई नयाँ व्यवसायमा प्रोत्साहित गर्ने मत सकारात्मक भएको उल्लेख गर्दै मन्त्री भण्डारीले नवप्रवर्तनसम्बन्धी नीति सरकारको प्राथमिकतामा रहेको बताए। नियमन गर्ने सन्दर्भमा नियन्त्रण हुन्छ कि भन्ने सुझावप्रति पनि ध्यानकर्षण भएको उनको भनाइ थियो।

मन्त्री भण्डारीले सदनमा उठेका सुझावप्रति धन्यवाद दिदै उनले अब संसदीय समितिमा दफावार छलफल गरी विधेयकलाई समृद्ध बनाइने बताए। राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त उक्त प्रस्ताव प्रतिनिधि सभाको बैठकले बहुमतले स्वीकृत गरेको छ।

प्रस्तावमाथिको छलफलमा सांसदहरु प्रदीप पौडेल, रघुजी पन्त, शिशिर खनाल, महेन्द्रबहादुर शाही, सोविता गौतम, रञ्जुकमारी झा, डा स्वर्णीम वाग्ले, चन्दा कार्की, राजेन्द्रकुमार केसी, विद्या भट्टराई, गणेश पराजुली, मेटमणि चौधरी, ज्ञानु बस्नेत सुवेदी, निशा डाँगी, शेरबहादुर कुँवर, अशोककुमार चौधरी, नारायणी शर्माले आफ्नो धारणा राखे।

साथै सांसदहरु असिम शाह, दिलेन्द्रप्रसाद बडु, मनिष झा, सरिता भुसाल, माधव सापकोटा, किरणकुमार साह, रमा कोइराला, प्रेम सुवाल, दुर्गा राई, लालप्रसाद सावा लिम्बु, नागिना यादव, बासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रामप्रकाश चौधरी, प्रतिमा गौतम, विमला सुवेदी, नारायणप्रसाद आचार्य, अमृतलाल राजवंशी, हितराज पाण्डेले पनि भनाइ व्यक्त गरेका थिए।

बैठकमा आजै सभामुख देवराज घिमिरेले संसदको संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा पदम गिरीको स्थानमा सुनिता बरालको नाम हेरफेर गर्न सभाको सहमतिका लागि प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो।

बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भएको थियोे। प्रतिनिधिसभाको अर्को बैठक भोलि चैत २० गते विहान ११ बजे बस्नेछ।

प्रकाशित: २०८० चैत १९ गते सोमबार ०५:३७
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना