काठमाडौँ- धरानका मेयर हर्क साम्पाङले काठमाडौँमा एकल प्रदर्शन गरेका छन्।
२०८४ को निर्वाचन अघि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै उनले एकल प्रदर्शन गरेका हुन्।
काठमाडौं आएको मौकामा साम्पाङले बिहानै सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन्।
‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्बिरमा उनले फेसबुकमा अपडेट गरेका छन्।
केही दिनअघि काठमाडौँमा रहेका साम्पाङ धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौँ आएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटिसेका छन्।


