सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै उनले राजीनामा दिएको हो। राजीनामा दिनुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको प्रस्तुत गरेका थिए।
उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए। शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुले जानकारी दिइन्।
यो सँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ।


