२०८३ साउन १४ गते बिहिबार

नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउन आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २२
narayan_kaji
पाटन (ललितपुर)- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पु¥याउन आवश्यक रहेको बताएका छन्।
ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा जावलाखेलमा आजदेखि सुरु भएको पाँच दिने ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्पो’को उद्घाटन समारोहमा परराष्ट्रमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी संविधान संस्थागत भएको उल्लेख गर्दै अहिले कार्यान्वयनको चरणमा रहेको र अबको मुख्य काम देशको आर्थिक सामाजिक विकासलाई फड्को मारेर लक्ष्यमा पु¥याउनु नै रहेको बताए।
‘सरकार र निजी क्षेत्र मिलेर तीव्र विकास गरेर आर्थिक समृद्धि हासिल गर्नु छ। हामीले हाम्रो सम्भावनालाई राम्रोसँग प्रयोग र सदुपयोग गरेर राजनीतिक लक्ष्य हासिल गर्नुछ। अहिले परराष्ट्र सम्बन्धमा आर्थिक कूटनीतिलाई महत्वपूर्ण बनाएर आगाडि बढिरहेका छौँ,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने। आर्थिक सहयोगात्मक सम्बन्धलाई कसरी विस्तारित गर्ने र सम्भावनालाई पहिचान गर्दै नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ थियो।
परराष्ट्रमन्त्री श्रेष्ठले एक्सपोले ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै सिङ्गो राष्ट्रको उद्योग व्यवसायको विकास र विस्तारमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे। अहिले देशको राष्ट्रिय कार्यभार आर्थिक समृद्धिको कार्यभार भएको भन्दै उहाँले स्वाधीन, स्वतन्त्र र सुन्दर नेपाललाई अब समृद्ध बनाउने कुरामा केन्द्रित रहनुपर्नेमा जोड दिए।
नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले एक्सपोले नेपाल र ललितपुरलाई मात्रै नभएर सहभागी राष्ट्रहरुलाई पनि सहयोग पु¥याएको बताए। उनले यो एक्सपोले सहभागी देशका साना तथा मझौला उद्योगलाई प्रोत्साहित गर्दै औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
बागमती प्रदेशका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले आर्थिक मन्दीको अवस्थालाई चिर्दै व्यावसायिक, औद्योगिक क्षेत्र चलायमान हुँदै गएको अवस्थामा आर्थिक क्षेत्रमा एक्सपोले महत्वपूर्ण भूमिका खेल्ने बताए। बागमती प्रदेशले हस्तकलासम्बन्धी विधेयकका लागि अन्तिम तयारी गरीरहेको उल्लेख गर्दै उनले ललितपुरलाई हस्तकलाको राजधानी बनाउनेमा आफ्नो प्रयास रहेको बताए।
नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले मुलुकभित्रको आर्थिक क्रियाकलापले अन्तर्राष्ट्रिय व्यापारिक समुदायसँग सहकार्य भइ उद्यमी व्यवसायीको क्षमता विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलाबाट नविनतम् प्रविधि र व्यापारलाई प्रोत्साहन गर्न सरकारले ध्यान दिनुपर्ने बताए। निजी क्षेत्रको सिथिलतालाई ध्यानमा राखेर आगामी बजेट ल्याउन कार्यवाहक अध्यक्ष अग्रवालले आग्रह गरे।
ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरमा उत्पादित काठबाट बनाइएका कलाकृति, मूर्ति, कार्पेट, कपडा र परालबाट बनेका सामानको जीवन्त प्रदर्शनी मेलाको मुख्य आकर्षण भएको बताए। ऐतिहासिक धरोहर अमूर्त सम्पदा र कलाकृतिको प्रदर्शनीका साथै मित्र राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, टर्की, मलेसियालगायतमा निकासीयोग्य सामान एंव दैनिक उपभोग्य सामान र खानाको कक्ष रहेका उनले जानकारी दिए।
प्रकाशित: २०८० चैत २२ गते बिहिबार ०८:२०
प्रतिक्रिया

थप समाचार

गृहमन्त्री विराटनगर पुगे, देवानगञ्ज पुगेर घाइतेको स्वास्थ्यअवस्था बुझ्ने

काठमाडौँ: गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन्। विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका छन्। गृहमन्त्री...

सप्तरीमा सर्वदलीय बैठक: सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम: सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ। बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक आस्था, संस्कृति...

प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ ६ बजेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार पछिल्लो समय तराईरमधेश क्षेत्रमा विकसित घटनाक्रम, शान्ति–सुरक्षा...

प्रधानमन्त्रीसँगको छलफलपछि सुनसरी जाँदै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँः गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेपछि उनी सुनसरी प्रस्थान गर्न लागेका हुन्। पछिल्ला...

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। बैठक बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालय...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...
Roop_Jyoti
बैंकिङ

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ। साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि...
nrb2
बैंकिङ

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना