गण्डकी- गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माबीच आज भेटवार्ता भएको छ। गण्डकी प्रदेश प्रमुखको निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गरे।
यस्तै, हालै प्रदेश प्रमुख नियुक्त हुनुभएकामा बागमती प्रमुख शर्माले गण्डकी प्रमुख भट्टलाई बधाई ज्ञापन गरे। प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए। उनहरुले काम र अनुभवहरू पनि साटासाट गरे।
उक्त भेटमा दुवै जनाले आपसी कार्यानुभव आदानप्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थपसम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए। प्रदेशका सीमान्तकृत समुदायको उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए।
प्रकाशित: २०८० चैत २२ गते बिहिबार १०:०९