२०८३ साउन १३ गते बुधबार

‘कर्णालीको विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २४
karnali pardesh

सिमकोट (हुम्ला)- कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठी जिल्ला समन्वय समितिको प्रेक्षालयमा शुक्रबार सम्पन्न भएको छ। गोष्ठीका अधिकांश वक्ताले प्रदेशको विकासका लागि भौतिक पूर्वाधार विकासमा राज्यले विशेष जोड दिनुपर्ने बताएका थिए।

कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने जिल्ला भएकाले पर्यटन पूर्वाधार निर्माण पञ्चवर्षीय योजनाको पहिलो प्राथमिकता हुनुपर्ने उनीहरूको माग थियो। लिमी– लाप्चाबाट प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवरको जान सकिने भएकाले सदरमुकामदेखि लिमीसम्मको सडक स्तरोन्नतिको अविलम्ब प्रयास थालिनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए।

पाँच वर्षभित्र कर्णाली करिडोरबाट हुम्लाका स्थानीय तह जोडिनुपर्ने भन्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हुम्ला कर्णालीका साथै ह्याप्कालगायत नदीमा विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन हुनुपर्ने, सिमकोटसहित उच्च क्षेत्रमा पाइने जडीबुटी र फलफूल अध्ययन– अनुसन्धान केन्द्र स्थापना योजनामा समेटिनु्पर्ने बताए।

हुम्लामा उत्पादित चिनो, सिमी र महमा हुने मिठास र स्वादिलोपना देशका अन्य जिल्लामा नपाइने भएकाले बजारीकरणका लागि जोड दिनुपर्ने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए।

जिल्लाको उत्तरी नाम्खा, सिमकोट खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा ढुङ्गा धेरै हुने हुँदा यहाँ सिमेन्ट कारखानाका लागि पञ्चवर्षीय योजना समेट्न उनले आग्रह गरे।

हुम्लाका चाङ्ला भञ्ज्याङ, रलिङ गुम्बा, पञ्चमुखी हिमाल क्षेत्र, खार्पुनाथ, रामपाल माडु, शिवमन्दिर, कालाशिल्ता, रानीशैन, लिमीलगायत क्षेत्रलाई समेटेर विशेष पर्यटन क्षेत्र घोषणा गर्नुपर्ने सुझाव पनि दिइएको थियो। गोष्ठीका सहभागीले नेपाल–चीन व्यापारलाई व्यवस्थित गर्न हिल्सा नाकामा ‘क्वारेन्टीन चेकपोष्ट’ तथा यारीमा सुक्खा बन्दरगाह स्थापनाका साथै स्थानीय भेडाको ऊनबाट बन्ने बक्खुलगायत उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने माग गरेका थिए।

प्रकाशित: २०८० चैत २४ गते शनिवार ०८:०८
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना