२०८३ साउन १३ गते बुधबार

देशमा देखावटी संसदीय प्रणाली हाबी भयो

 |  नागिना यादव
Sanket

नागिना यादव

काठमाडौँ, चैत २४
nagina

काठमाडौँ- संसदीय प्रणालीबारे विमर्श गर्दा विश्वमा रुपान्तरणकारी, सहभागितामूलक, प्रत्यक्षलगायत प्रणाली अभ्यासमा रहेका पाइन्छ। लोकतान्त्रिक रुपमा विवेचना गर्ने हो भने खासमा हुनुपर्ने चाहिँ रुपान्तरणकारी, सहभागितामूलक संसदीय प्रणाली हो। यद्यपि हाम्रो देशमा देखावटी (डमी) संसदीय प्रणाली हाबी भइरहेको छ।

सरकारको बजेट र नीति तथा कार्यक्रम तयारी र पारितमा त्यही क्रम चलेको छ। विभिन्न विधेयक तर्जुमामा पनि सरकार नै हाबी भएको छ। यो लोकतन्त्रको उच्चतम् अभ्यास भित्र पर्दैन। हामीले जनताका प्रतिनिधिलाई मर्यादासहित स्वायत्तता दिन सक्नुपर्छ। त्यसले हाम्रो संसदीय प्रणालीलाई बलियो बनाउँछ।

कानुन निर्माणप्रतिको मुख्य दायित्व सांसदहरुको हो। हामीले इमान्दाररुपमा भन्नुपर्दा त्यसलाई सहीरुपमा पूरा गर्न सकेका छैनौँ। हाम्रो पार्टी नेपाली काँग्रेस बहुदल र लोकतन्त्रमा विश्वास गर्ने एक पुरानो पार्टी भएकाले हामीले केही हदसम्म स्वतन्त्रता उपभोग गरेका छौँ। तर कानुन निर्माणका समयमा हामी पनि पार्टीगत आधारमा चलेका हुन्छौँ। महत्वपूर्ण सवालमा हामीले मन परे पनि नपरे पनि पार्टीले दिएको निर्देशन मान्नुपर्ने हुन्छ। त्यही भएर कतिपय अवस्थामा हामी सांसदहरु आलोचित हुन्छौँ। कुनै राम्रो कानुन बनेन वा पार्टीले जनताका भावना नबुझी निर्देशन दिएमा त्यो विवादको विषय बन्न सक्छ। विवादै भए पनि पार्टीको ह्वीप जारी भइसकेपछि हामीले आफूलाई ठीक नलागे पनि त्यसमा सहमति दिनुपर्ने हुन्छ। यस प्रकारको कार्यशैलीमा परिवर्तन ल्याउन हामीले प्रयत्न गर्नुपर्छ।

वास्तवमा सांसदहरुमा आपसमा हार्दिकता हुनुपर्छ। देश निर्माणका सन्दर्भमा सहयात्री दलहरुबीच मिलाप र सहकार्य हुनुपर्छ। मुख्यतः ठूला र एवं पुराना पार्टीहरु नेपाली काँग्रेस र नेकपा (एमाले)ले आपसी दोषारोपण नगरेर देश र जनताका लागि समस्या समाधनमा निकासको बाटो दिन सक्नुपर्छ। त्यसो हुनसके केही विकास, प्रगति र स्थिरतामा केही सकारात्मक योगदान हुन्छ। यहाँ त लोकप्रियता हासिल गर्ने ‘स्टन्टबाजी’ मात्रै देखिन्छ। खाली आरोप–प्रत्यारोप भएको छ।

ठूलाठूला कुरा र लामालामा भाषण भएको छ, अनि समयको बर्बादी पनि भएको छ। भोट ब्याङ्क बढाउन स्टन्टबाजी गरिरहनु पर्दैन। जनताका बीचमा काम गरे पुग्छ। सरकार वा राजनीतिक दलले जनतालाई सेवा दिने, मुलुकमा कानुन र विधिको शासन दिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। आफ्ना स्वार्थमा हामी सीमित भएका छौँ। यस प्रवृत्तिमा सुधार गर्नुपर्छ। हामी काँग्रेसभित्र अन्तरपार्टीमा सुधारका लागि अगाडि बढेका छौँ। पार्टीभित्र महामन्त्रीसम्मका फरक मत प्रस्तुत भएका देखिरहेका छन्। यसका आधारमा हाम्रो पार्टीमा आन्तरिक लोकतन्त्र अलि बलियो छ। हाम्रो पार्टीमा संसद्मा बोल्ने विषयमा सामान्यतः ह्वीप लाग्दैन, हामी स्वतन्त्र भएका बोलेका हुन्छौँ, खाली महत्वपूर्ण विषय, विधेयक, विश्वासको मतदान आदि विषयमा मात्रै ह्वीप लागेको हुन्छ।

मुलुकमा सुशासन कायम हुनुपर्छ। यस सवालमा म के भन्न चाहन्छु भने भ्रष्टाचार अन्त्यका लागि ठूलाठूला कुरा गरेर हुँदैन। कतिपय नेताहरुले त असल शासनको अर्थ नै नबुझेको जस्तो लाग्छ। सुशासन सुशासन भनेर स्टन्ट मात्रै गरेर हुँदैन। सरकारमै बस्ने र विवादित काम जारी राख्ने गर्नु हुँदैन। उच्च नैतिकता प्रदर्शन गर्न सक्नुपर्छ।

मैले विश्वका विभिन्न मुलुकको भ्रमण पनि गरेकी छु। हाम्रो देशमा प्रचुर सम्भावना भएर पनि हामी पछाडि परेका छौँ। हामीकहाँ किन विकास भएन रु नेताहरुमा दूरदृष्टि नभएको हो कि ? वा काम गर्ने ढङ्ग नभएर हो ? किन शिक्षामा सुधार भएन रु कक्षा १ मा भर्ना हुने विद्यार्थी कक्षा १० मा पुग्दा साढे तीन लाखले किन कक्षा छाड्छन् ? यस्ता प्रश्नको ठोस जवाफ खोज्नुपर्छ। विकसित मुलुकमा राजनीतिमा यति धेरै चासो हुँदैन। हाम्रोमा प्रत्येक घरमा राजनीतिप्रति आकर्षण छ, यो हुनु राम्रो होइन, यस्तो देख्दा मलाई डर लाग्छ। सबैले राजनीति गरेर उत्पादनमूलक काममा को लाग्ने रु अनि कामै नगरी खान खोजेपछि त्यो अनियमिततातिर उन्मुख हुँदै जान्छ। हामी वास्तविकतालाई स्वीकार्नुपर्छ। विदेशीको नक्कल गरेर मात्रै पनि हुँदैन। शिक्षाजस्ता विषयमा असल परम्परा नक्कल गर्न सकिन्छ तर हामी त भ्रष्टाचारमा नक्कल गरिरहेका छौँ। जनताले यसबाट के सिक्ने ?

निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औँल्याउने गरिएको छ। मौजुदा निर्वाचन कानुनमा पनि निर्वाचन खर्च निर्धारण गरिएको छ। वास्तविकरुपमा उम्मेदवारहरुको तोकिएभन्दा धेरै खर्च भएको छ। एक क्षेत्रमा निर्वाचन जित्न पाँचदेखि आठ करोड रुपैयाँ खर्च गरेका छन् उम्मेदवारहरुले। यसबारे गहिरो अध्ययन गर्न सक्नुपर्छ।

नेपालीहरु इमान्दार, साहसी र कर्तव्यनिष्ठ हुन्छन् भनेर विश्वमा चिनिएका छन्। अहिले अस्थिरता, अनियमितता, विवाद आदिको परिचय थपिएको छ। राज्यको स्रोतसाधनको सही उपयोग गर्न नसकेका कारणले यस्तो अवस्था सिर्जना भएको हो। हाम्रो युवा जनशक्तिबाट जनसाङ्ख्यिक लाभ हामीले लिन सकिरहेका छैनौँ। त्यो लाभ विदेशीले लिइरहेका छन्। यो के कारणले यस्तो भयो भन्नेबारेमा अध्ययन गर्नुपर्ने छ। गरिबी हो कि रु पहुँचको अभाव हो कि रु या के भएको हो रु यो बुझ्नुपर्छ। नेताहरुले चाहेमा देश बन्छ। देश बन्न सबै प्रदेश बन्नुपर्छ। मलाई मधेस प्रदेशको खुब चिन्ता लाग्छ। यहाँ सुशासनको अभाव छ। संविधान प्रदत्त मौलिक हकको पालनामा कसैको ध्यान गएको छैन। मैले महोत्तरी र धनुषालगायत जिल्लामा धेरै दयनीय अवस्था देखेकी छु। हामी कहिले सुधारको बाटोमा अग्रसर हुने रु यो गम्भीर सवाल हो।

म केवल सांसद हुँ। म कार्यकारी पदमा छैन। मैले जनताका आवाज संसद्मा उठाउने गरेकी छु। कानुनमा सम्बोधन गराउने भूमिकालाई पनि पालना गर्छु। कार्यकारी पदमा रहेका सबैले सक्रिय भएर देशको विकासका निम्ति आफूलाई केन्द्रित गर्नुपर्छ।

(यादव प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।)

प्रकाशित: २०८० चैत २४ गते शनिवार ०९:५६
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना