२०८३ कार्तिक २४ गते सोमबार

नयाँ वर्ष पार्टी पुनःजागरणको वर्ष हुनेछ : महामन्त्री थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २४
gagan_thapa

पाटन (ललितपुर)- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गरेको।

नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ द्वारा आज महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आम नागरिकमा रहेको राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागिपर्ने धारणा राखे।

‘हामी आफूसँग भएको कुरामा खुसी हुन सक्नुपर्छ। इमानदारीपूर्वक काम गर्नुपर्छ, परिणाम र भविष्यका विषयमा धेरै चिन्ता लिन नहुनेरहेछ’, उनले भने, ‘खुला समाज, निजी क्षेत्रको विकास र नागरिकलाई समृद्ध बनाउने कुरामा विश्वास गर्छौँ।’

उनले सुशासनप्रति प्रतिबद्ध रहँदै नागरिकलाई भरोसाको प्रत्याभूति दिने पनि बताए। ‘यो वर्ष सत्तामा आँखा लगाउँदैनौँ, जनताको समस्या समाधानका लागि पार्टीलाई बलियो बनाउन लागिपर्छौँ, राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागि पर्छौँ’, महामन्त्री थापाले भने।

पुनःजागरणका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरण हुनुपर्छ भदै उनले विसं २०८२ को महाधिवेशन सम्पन्न गर्न वडा सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापतिको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका छन्।

उनले पार्टीमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने र नेता तथा कार्यकर्तामा विचार र व्यवहारको शुद्धीकरण हुनुपर्नेमा जोड दिए। बाध्यतावश विदेशमा काम गर्न गएकाहरूलाई गौरव गर्न सक्ने र भरोसा दिनेगरी काम गर्न सक्नुपर्छ भदै उनले राजनीतिक नेतृत्वले समस्याको समाधान दिनुपर्ने बताए। नागरिकले राजनीतिकर्मीबाट पारदर्शिता र शुद्धता खोजेको छ भदै उनले सांसद, मेयर, वडाध्क्ष निष्कलङ्क हुनुपर्नेमा ध्यानाकर्षण गराए।

पार्टीभित्र क्रियाशील सदस्य बन्न खुला वातावरण बनाउनुपर्ने बताउदै जिम्मेवारी र पदमा आउनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्नेमा जोड दिए। महामन्त्री थापाले नेतृत्व चयन प्रक्रियालाई परिवर्तन गर्दै गुटबन्दीको अन्त्य गर्न आवश्यक रहेको बताए।

कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. गोविन्द पोखरेलले विपीको आदर्श अनुसरण गर्नुपर्नेमा जोड दिए। ‘हामीहरु विदेशी सीप, ज्ञान ल्याएर नेपाललाई समृद्ध बनाउन सक्छौँ। राजनीति भनेको जहिले पनि विचार र दर्शनमा आधारित हुन्छ, दर्शन र विचार नै बलियो नभएका पार्टीहरूसँग अल्मलिएर कांग्रेसले समय खेर फाल्नु हुँदैन’, प्रा. डा. पोखरेलले भने।

गालीगलौजको भरमा भोट हाल्ने संस्कृति बदल्नुपर्छ भदै उनले जनप्रतिनिधि समाजसेवा गर्न गएको प्रतिनिधि भएको बताए।

कांग्रेसले ल्याएको नीतिले २०४८ देखि २०५१ सम्म विकासका गतिविधि तीव्र रूपमा बढेको स्मरण गरे। ‘क्षमता हासिल गर्न विदेश जाँदा दुःख मान्नुपर्दैन, तर बाध्यताले विदेशिएकाप्रति भने हामी संवेदनशील हुनुपर्छ’, उनले भने।

कांग्रेस बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले जनतामा उत्साह जगाउने काममा केन्द्रीय तहदेखि स्थानीयस्तरसम्म पार्टी नेतृत्व र कार्यसमितिले ध्यान दिनुपर्ने बताए। उनले २०८२ सालमा महाधिवेशन हुने वातावरण तयार गर्नु आवश्यक रहेको बताउदै समयमा महाधिवेशन भएन भने २०८४ सालको निर्वाचनमा सफल हुन कठिन हुने धारणा राखे।

कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले वर्ष २०८१ लाई ललितपुरमा प्रशिक्षण वर्षका रूपमा सङ्गठन परिचालन गर्ने बताउदै पार्टीले आवश्यकतानुसारको प्रशिक्षण दिने बताए। उनले अधिवेशनको समयमा भएको मतभेद, मनभेद र कमजोरीलाई लामो समयसम्म लिएर राख्नुहुँदैन भदै विगतको तिक्ततालाई प्रतिशोधको भावनाले भन्दा पनि सहकार्य गर्दै एकताको भावना लिएर अगाडि बढ्न आग्रह गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, ललितपुर क्षेत्र नं १ का सभापति सुन्दरमान थिङ, क्षेत्र नं २ का सभापति महेश खड्कालगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: २०८० चैत २४ गते शनिवार ०८:२२
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना