काठमाडौँ- महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस भएका तोयम रायको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ।
मंगलबार सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए।
संवैधानिक परिषद्ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
योसँगै राय राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन्।


