काठमाडौँ– नेकपा एमालेको प्रतिनिधि परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिइएको छ।
एमाले केन्द्रीय सचिव योगेश भट्टराईले बुढानीलकण्ठस्थित निवासमै गएर पार्टीको तर्फबाट निम्ता दिएका हुन्।
एमाले प्रतिनिधि परिषद्को बैठक शनिबार सुरु हुँदै छ।
एमाले काठमाडौं जिल्ला सचिव दीपक निरौला र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित देउवा निवास पुगेका भट्टराईले निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।
एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा भोलिबाट शुरु हुँदैछ।
बैठकको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन्।


