२०८३ कार्तिक १६ गते आईतबार

९ वर्षमा पनि बनेनन् ९२ हजार घर, धरहरामै सकियो साढे ३ अर्ब

 |  प्रगति ढकाल
Sanket

प्रगति ढकाल

काठमाडौँ, बैशाख १२
quake
२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको गोरखाको बारपाक। तस्बिर : नवेश चित्रकार/रोयटर्स

काठमाडौँ- बहत्तर सालको भूकम्पका कारण क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणले अझै पूर्णता पाएको छैन। ९ वर्ष बितिसक्दा पनि कतिपय पूर्वाधार अझै पुनःनिर्माणको पर्खाइमा छन्।

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ गएको ७.६ रेक्टरस्केलको विनाशकारी भूकम्पका कारण लाखौँको सङ्ख्यामा निजी आवासका साथै विद्यालय, पुरातात्विक र सरकारी भवनलगायतका ठूलो क्षति पुगेको थियो। सो भूकम्पमा परी ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए।

भूकम्पले करिब १० लाख निजी आवास, ७ हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएका थिए। यस्तै ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो।

यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो। ३ हजार २१२ खानेपानी संरचना, ५३ वटा सडक र २९९ मानव बस्तीमा क्षति पुगेको थियो।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख कोषनाथ अधिकारीका अनुसार भूकम्पबाट विस्थापित झन्डै ९२ हजार पीडितले अझैसम्म पनि निजी भवन निर्माण सम्पन्न गर्न सकेका छैनन्।

‘तथ्याङ्कअनुसार ८८.९६ प्रतिशत भूकम्प प्रभावितले मात्रै निजी आवास बनाउन सकेका छन्। भूकम्पमा झन्डै साढे ८ लाख निजी आवासमा क्षति पुगेको थियो। त्यसमध्ये ८ लाख ३२ हजारसँग अनुदान सम्झौता भएको थियो,’ प्रमुख अधिकारीले भने, ‘पुनर्निर्माण सम्पन्न भएपश्चात तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या ७ लाख ३३ हजार मात्रै छन्।’

२०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहराको काम ३ वर्ष बित्दा पनि पूरा भएको छैन। धरहरा पुनर्निर्माणमा साढे ३ अर्बभन्दा बढी खर्च भइसकेको छ।

इकाइका अनुसार १ हजार १३६ स्वास्थ्य चौकीमध्ये ९२५ निर्माण सम्पन्न भइसकेका छन्। यसैगरी भूकम्पका कारण क्षति पुगेका ४१५ सरकारी भवनमध्ये ४०८ भवनको निर्माण सम्पन्न भइसकेको छ।

१०६ एकीकृत बस्ती विकास गर्ने सरकारको लक्ष्य रहेकोमा ९७ को निर्माण सम्पन्न भएको इकाईको भनाइ छ। अब भने ९ ओटा एकीकृत बस्ती विकासको काम बाँकी छ।

अधिकारीका अनुसार धराहराको निर्माणको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ। साथै भारत सरकारको अनुदानमा सञ्चालित पुरातात्विक सम्पदाको संरक्षण तथा जीर्णोद्वारको भौतिक प्रगति भने ७५ प्रतिशत  छ। यसको अधिकांश काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको छ।

इकाइका अनुसार निजी आवास निर्माणका लागि सम्झौता भएकामध्ये ८ लाख ३२ हजार ४७० ले पहिलो किस्तावापत रु ५० हजार  भुक्तानी लिएका थिए। यसवापत सरकारको रु ४१ अर्ब ६२ करोड ३५ लाख खर्च भएको थियो। दोस्रो किस्तावापत रु एक लाख ५० हजार लिने लाभग्राहीको सङ्ख्या सात लाख ६५ हजार आठ सय ६१ छ।

यसबापत सरकारको रु एक खर्ब १४ अर्ब ८७ करोड ९१ लाख ५० हजार खर्च भएको थियो। त्यस्तै, तेस्रो किस्ताबापतको रु एक लाख अनुदान लिने लाभग्राहीको सङ्ख्या सात लाख ४१ हजार सात सय ९८ छ । जसमा सरकारको रु ७४ अर्ब १७ करोड ९८ लाख खर्च भएको छ। निजी आवास निर्माणतर्फ मात्रै सरकारको रु दुई खर्ब ३० अर्ब ६८ करोड २४ लाख ५० हजार खर्च भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकृत यदुविक्रम थापाका अनुसार भूकम्पका कारण भत्किएकामध्ये हाल ३८ वटा  विद्यालयको पुनःनिर्माण  बाँकी छ।

‘भूकम्पमा क्षतिग्रस्तमध्ये ७ हजार ५४३ विद्यालयको पुनःनिर्माण भइसकेको छ भने अब ३८ वटाको काम बाँकी छ,’ उनले भने, ‘ती विद्यालयको पुनःनिर्माणको काम अन्तिम चरणमा छ।’

भूकम्पबाट भत्किएका संरचना निर्माणको जिम्मा पाएको पुनःनिर्माण प्राधिकरण २०७८ सालदेखि खारेजभएपछि विद्यालय पुनःनिर्माणको जिम्मेवारी सो इकाईको मातहतमा आएको छ।

पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातात्विक सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेटको अभाव, नीतिगत अष्पष्टता, आवश्यक कच्चा पदार्थको अभावका कारण समयमा नै निर्माण सम्पन्न हुन नसकेको स्पष्ट पारिन् छ।

‘सम्पदा पुनःनिर्माणको जिम्मा त आउँछ, तर आवश्यक वित्त स्रोत तथा साधनको अभावका कारण समयमा नै काम सकिन चुनौती थपिएको छ,’ उनले भनिन्, ‘सम्पदा निर्माण सकिन पनि समस्या नै रहेछ। परम्परागत समानहरुको अभाव हुन्छ। जसले गर्दा निर्माणको काम पनि पछि धकेलिन्छ।’

विभागका प्रवक्ता रामबहादुर कुँवरले २०७२ सालको भूकम्पका कारण भत्किएका नौ सय २० पुरातात्कि सम्पदामध्ये सात सय ७० को निर्माण सम्पन्न भएको र ८० वटा पुरातात्विक सम्पदाको पुनःनिर्माण भइरहेको जानकारी दिए।

‘दुई सय १५ गुम्बा पुनःनिर्माणको जिम्मा विभागलाई आएको दुई वर्ष भयो।  तीमध्ये २५ वटा गुम्बाको पुनःनिर्माण सुरु भएको छ’, उनले भने, ‘कहिले कच्चा पदार्थ नपाउने त कहिले कालिगढ नपाउने समस्याले समयमै काम हुन सकेको छैन।’

उनका अनुसार परातात्विक भवन निर्माणका क्रममा आवश्यक काठ अभावले पनि अर्को समस्या देखिएको छ। ‘पुरातात्कि सम्पदा निर्माणका लागि सोहीअनुसारको काठ आवश्यक पर्छ, तर त्यस्तो काठ पाउन गाह्रो र समय लाग्ने भएकाले पनि पुनःनिर्माण सम्पन्न हुने मिति धकलिएको हो।’

महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदनमा विसं २०७२ को भूकम्पको कारण क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध निर्माण सम्पन्न गरी भूकम्पबाट विस्थापित भएका व्यक्ति र परिवारको पुनर्वास तथा स्थानान्तरणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार पुरातात्विक सम्पदा र एकीकृत बस्ती विकास तथा सुधारलगायतका क्षेत्रमा चालु कार्यहरू सम्पन्न भएका छैनन्। बाँकी काम सम्पन्न गर्न पहल गर्नुपर्नेमा प्रतिवेदनको जोड रहेको छ।

अनुदान वितरण भूकम्प प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरण कार्यविधि, २०७३ को अनुसूची–१ मा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण एवं प्रबलीकरण अनुदानका लागि छनौट मापदण्डको व्यवस्था छ। महालेखापरीक्षकको प्रतिवेदन अनुसार निजी आवासतर्फ कुल लाभग्राही सङ्ख्या आठ लाख ६६ हजार दुई सय सात रहेकोमा अनुदान सम्झौता गर्ने आठ लाख ३२ हजार पाँच सय ८५ छ।

पहिलो र दोस्रो किस्ता लिई कार्यसम्पन्न नगर्ने लाभग्राहीको सन्दर्भमा अनुगमन गरी अनुदान रकमको सदुपयोग भएको सुनिश्चित हुनुपर्नेमा पनि महालेखाको सुझाव छ। निर्माण सम्पन्न निजी आवास प्रयोजनमा नगई अन्य प्रयोगमा आएकाले सदुपयोगको सुनिश्चितता गर्नुपर्नेमा पनि महालेखाको सुझाव छ।

धरहरा पुनःनिर्माणका लागि रु तीन अर्ब ४८ करोड १६ लाख ९१ हजार लागत लाग्ने गरी २०७७ साल असोजभित्र काम सम्पन्न गर्ने लक्ष्य थियो। धराहरा उद्घाटन भए पनि सञ्चालनमा भने आएको छैन। धराहराको निर्माणमा अपेक्षाकृत प्रगति नभएको पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ।

सो भूकम्पपछि सरकारले पुनःनिर्माणका लागि पैसा जम्मा गर्न भन्दै दाता सम्मेलन गरेको थियो। उक्त सम्मेलनमा रु चार  खर्बभन्दा बढी रकम सहयोग गर्ने घोषणा भएको थियो।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो। यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए। -रासस

प्रकाशित: २०८१ बैशाख १२ गते बुधबार ०४:४२
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना