काठमाडाैँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पहिचानको मुद्दा कांग्रेस बाहेकले सम्बोधन गर्न नसक्ने बताएका छन्।
बैशाख १५ गते इलाम क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पार्टीका उम्मेद्वारको प्रचारप्रसारमा पुगेका उनले पहिचानको मुद्दा सबै भन्दा पहिला कांग्रेसले नै उठाएको बताए।
‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु बिराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म सम्बेदनशिल रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ’, उनले भने, ‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ।’
कांग्रेस नेता डा शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन । उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगिमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन डराएको आरोप लगाएका छन्।
मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘ररुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउँनोस् ईलाम –२ को बिकासको जिम्मा म लिन्छु।’ उनले पहिचान चाहानेहरूले कांग्रेस उमेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गरे।
सम्बोधनको क्रममा उनले अन्य दलहरु आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिंडेको उल्लेख गरे।
नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनिहरुको हकहितका पक्षमा काम गर्ने प्रतिवद्धता जनाए।


