काठमाडौँ- उपनिर्वाचन अन्तर्गत बझाङमा पनि मतदान सुरु भएको छ। बझाङ–१ (१) मा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको हो।
बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन्।
१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङ १ (१) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।


