बझाङ- बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान जारी छ। प्रदेशसभा अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्।
प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ।
