काठमाडौँ- पुँजीबजार सङ्घर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा पुँजीबजारका लगानीकर्ता सडक ओर्लिएका हुन्।
स्वदेशी लगानिकर्ताको सुरक्षा गर्न नसके बन्द गर्न चुनौती दिँदै लगानीकर्ता सडक ओर्लिएका हुन्।
विदेशी लगानिकर्ता भन्दा पहिले स्वदेशी लगानीकर्ताको समस्या बुझिदिन उनीहरूले सरकारलाई आग्रह गरेका छन्।
प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ।















तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
