काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत इलाम-२ को मतगणना शनिबार नै सुरु गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगले इलामको मतगणना शुक्रबार नै सुरु गर्ने तयारी भएको बताएका हुन्।
साँझ ५ बजेसम्म मतदान समापन भएलगत्तै मतपेटिका संलकन गरी सदरमुकाम ल्याउने तयारी आयोगको छ।
राती १० बजे मतपेटिका संकलन सकेर गणनाको तयारी थालिने उनले बताए।
इलाममा १ लाख १५ हजार मतदाता छन्। गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेको थियो। यसपटक पनि त्यसकै हाराहारीमा मतदान हुने अनुमान गरिएको छ।
बझाङमा भने आइतबार मात्र गणना सुरु हुनेछ।
