काठमाडौँ- उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदानको निर्धारित समय सकिएको छ।
इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)मा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानको कार्यक्रमको समय साँझ ५ बजे सकिएको हो।
साँझ ५ बजेपछि बुथ पुग्नेहरूले मतदान गर्न पाउँदैनन्। तर लाइनमै रहेकाले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जानकारी दिएको छ।
इलाममा ५५ प्रतिशतभन्दा बढी मतदान भएको छ। बझाङमा भने ४६ प्रतिशत मात्रै मतदान भएको छ।
मतदान कार्यक्रम सम्पन्न भएपछि मतपेटिका सिलबन्दी गरी संकलन गरिनेछ। इलाममा शनिबारै र बझाङमा आइतबारदेखि मत गन्न थाल्ने तयारी छ।
