काठमाडौं- चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने भएको छ। मे १ (वैशाख १९) देखि चीनले नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो।
काठमाडौँस्थित चिनियाँ दूतावासले सूचना प्रकाशित गर्दै चीनले नियमिततर्फ भिसा शुल्क नलिने तर एक्सप्रेस फी र सर्भिस फी भने लिने जानकारी दिएको छ।

‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले २०२४ मे १ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन। एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ,’ दूतावासले सूचना दिएको छ।
दूतावासको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।


