इलाम- शनिबार सम्पन्न प्रतिनिधि सभा अन्तर्गत इलाम-२को जारी मतगणनामा एमाले उम्मेदवारले लिड गर्न थालेका छन्।
साँझ ६: ३६ बजेसम्म गरिएको गणनामा फाकफोकथुम गाउँपालिकाका १,२,३ र ४ गणना सकिँदा सुहाङ शीर्ष स्थानमा उक्लिएका हुन्।
सुहाङले २ हजार ५४२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २ हजार १९७ मत प्राप्त गरेका छन्। खड्का भन्दा सुहाङ ३४५ मतले अघि बढेका हुन्।
यस्तै रास्वपाका मिलन लिम्बूले ३७९ मत पाउँदा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ मत पाएका छन्।
वडा न ४ को गणनामा एमालेको सूर्यले ९१२ मत पाएको थियो। रूखले ५३९ मत पाउँदा घण्टीले ७१ मत पायो। डकेन्द्रको मुडाले १६३ मत पाएर तेस्रो भयो।
अघिल्लो निर्वाचन २०७९ मा वडा न ४मा एमालेले ९४२ मत पाएको थियो भने रूखले ६७९ मत ल्याएको थियो। यस्तै माओवादी केन्द्रले समानुपातिकमा १०८ मत पाएको थियो।


