काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियार कानुनले तोकेअनुसार इजाजत पत्र दिन मिल्ने खालको नदेखिएको छानबिन समितिले ठहर गरेको छ।
प्रसाईंलाई देशभर हतियार लैजान दिने इजाजत नदिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले प्रसाईंको हतियारबारे छानबनि गरेको थियो।
हतियारको इजाजत र नवीकरण सम्बन्धी छानबिन समितिले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापन र घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने विषयमा सुझाव र सिफारिस गरिएको गृहमन्त्रीको सचिवालयले उल्लेख गरेको छ।
५ चैत २०८० मा सर्वोच्च अदालत परिसरमा दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियारसहित प्रवेश गरेका थिए। देशभर हतियार लिएर हिँड्दा नियमन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।


