काठमाडौँ- मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन्।
विश्वविद्यालयहरूका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार दुवै विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।
मध्यपश्चिम विश्वविद्यालयमा प्राडा ध्रुवकुमार गौतमलाई नियुक्ति दिइएको छ।
पूर्वाञ्चल विश्वविद्यालयमा प्राडा विजुकुमार थपलिया उपकुलपति नियुक्त भएका छन्।
मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।


