२०८३ कार्तिक १९ गते बुधबार

विप्लवको निर्णय : पूर्वमाओवादीसँग एकता र जनमतसंग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १८
biplov (1)

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पूर्वमाओवादीहरूबिच एकता गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा वैशाख पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

बैठकका निर्णयबारे महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनलाई उपयोग गरेर जाने निर्णयसमेत भएको बताए।

‘विचार मिल्नेसँग एकता गर्दै जानुपर्छ। त्यसका लागि पहिला माओवादी धारसँग एकताबद्ध हुने गरी पार्टीले पहल गर्ने, त्यसपछि सबै कम्युनिस्ट पार्टीसँग पनि एउटै कम्युनिस्ट आन्दोलन निर्माणबारे बहस गर्ने,’ उनले भने, ‘बृहत् कम्युनिस्ट मोर्चा वा वाममोर्चा वा समाजवादी मोर्चा बनाउन मेहनत गर्नुपर्छ भन्ने विषयमा बैठकले निर्णय गरेको छ।’

साथै वृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन आफ्नो दलले नेतृत्व गर्नेसमेत उनले जिकिर गरे।

समाजवादी संविधान बनाउने, बुर्जुवा गणतन्त्र कि साम्यवादी गणतन्त्र भन्नेमा जनमत सङ्ग्रह गर्ने र समाजवादी शक्ति निर्माण गरेका लागि सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने निर्णय भएको उनको भनाइ थियो।

यस्तै बैठकले देशको परिस्थिति अत्यन्तै अस्थिर र गम्भीर रहेको निष्कर्ष निकाल्दै एमसिसी, महँगी, भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको छ।

साम्यवादी व्यवस्था स्थापना गर्नका लागि चार मित्रशक्ति, चार मित्रवर्ग र ६ मित्र समुदायको अवधारणा नेकपाले ल्याएको छ।

कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी मित्रशक्ति हुन्। यिनलाई एकैठाउँ ल्याउन जोड गर्ने निर्णय नेकपाको छ।

किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपतिवर्ग मित्रवर्ग हुन्। जनजाति, खस/आर्य, श्रमिक समुदाय, मधेश, मुस्लिम र महिला छन् मित्रसमुदाय भएकाले  उनीहरूसँगको सहकार्यमा मात्र नेपालको नयाँ राजनीतिक परिदृश्य निर्माण हुने विश्लेषण विप्लवको छ।

प्रकाशित: २०८१ बैशाख १८ गते मङ्गलबार ०६:२०
प्रतिक्रिया

थप समाचार

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना