काठमाडौँ- आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ। मन्त्री शर्माका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ।
यसैबिच आजको बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने भएकाले सरकार बजेट अधिवेशनको तयारीमा लागेको हो।
