काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ।
पार्टी कार्यालय चःमतिमा अपराह्न साढे ४ बजे बैठक बस्ने भएको छ।
आज बस्ने सचिवालय बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा हुनेछ।
इलाम–२ को उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो।
उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वा २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका थिए।
रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए।
त्यस्तै आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।


