काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक सारेको छ। आन्तरिक तयारी नपुगको भन्दै पार्टीको बैठक सारेको हो।
अब वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्यूरो र ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ। यसअघि क्रमशः बैशाख २६, २७ र २८, २९ गते बस्ने तय भएको थियो।
उपेन्द्र यादव नेतृत्वको जसपा फुटेपछि राजनीतिक अवस्था जटि बनेको र त्यसका लागि थप तयारी गर्नुपर्ने भएको भन्दै नेकपा एसले बैठक सारेको हो।
उपेन्द्र र एसका अध्यक्ष पछिल्लो समय नजिकिएका थिए। आफू नजिक बन्न खोजेको नेताकै पार्टी विभाजन गरिदिएपछि माधव नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग रुष्ट छन्। ओली र दाहाल मिलेर जसपा फुटाइदिएको उनको बुझाइ छ।
