काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जसपा, नेपालका अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
अमेरिका भ्रमणमा हुँदा जसपा फुटाएको आरोप प्रचण्ड र केपी शर्मा ओलीतिर सोझिइरहेका बेला यादवले उनलाई भेट गरेका हुन्।
युएन सेक्रेटरियट न्युयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनका विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न यादव आएको प्रचण्डको सचिवालयको जिकिर छ।
यादव अमेरिकामै भएको बेलामा अशोक राईले ७ सांसद लिएर नयाँ पार्टी फुटाएको विषयमा यादवले असन्तुष्टि राखेको बताइएको छ। अब उपेन्द्रसँग ५ सांसद मात्र बाँकी भएका छन्।


