विराटनगर– एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै कार्कीले दाबी पेस गरेका हुन्।
सरकार गठनको आह्वानविरुद्ध कामचलाउको हैसियतमा पुगेका मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत जाने तयारीमा छन्।
मुख्यमन्त्रीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गराएर खापुङलाई नियुक्त गर्ने तयारी गरेका छन्।


