काठमाडौँ- पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि सर्वोच्च अदालतका सबै पेसीको सुनुवाइ स्थगित भएको छ।
पेसी तोकेर सुनुवाइमा चढिसकेका मुद्दा आजका लागि स्थगित भएको सर्वोच्च अदालतले जानकारी दिएको छ।
आजका लागि गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएको थियो।
सुनुवाइका कार्य रोक गरिएको भए पनि प्रशासनिक कार्य जारी रहने सर्वोच्चले जनाएको छ।
सिजापतिको बुधबार साँझ निधन भएको थियो।
सिजापति २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म न्यायाधीश थिए।


