काठमाडौँ- प्रमुख प्रतिपक्षी कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न नसक्ने चेतावनी दिएका छन्।
शुक्रबार सुरु भएको बजेट अधिवेशनको सुरुमा नै कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि सभामुखले दिएको समयमा कांग्रेसका धारणा राख्दै उनले यस्तो चेतावनी दिएका हुन्।
आफूहरूले उठाएको मागमा सत्ता पक्ष डराएको भन्दै सरकारको आलोचनासमेत उनले गरे।
‘समिति बनाउन किन डराएको? किन आत्तिएको? प्रश्नको घाँटी निमोठ्ने तयारी हुँदै छ,’ उनले भने, ‘सहकारी ठगीका सम्बन्धमा संसदीय समितिमा कांग्रेस मात्रै बस्ने त होइन होला। छानबिन समिति नबनाएसम्म संसद् अगाडि बढ्दैन।’
