काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनेमा कुनै शंका नरहेको बताएका छन्। आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो उल्लेख गरेका हुन्।
‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ। हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन। कसैले शङ्का/उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन। विथआउट रिजर्भेसन हामी मत दिनेछौँ,’ उनले भने।
उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए। त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए।
सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयासरत रहेको उनको भनाइ छ।


