काठमाडौँ– उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले काठमाडौँको न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन्।
शनिबार काठमाडौँ महानगरले सडक विभाग र सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको विषयमा प्रतिक्रिया दिँदै महानगरले यस्तो बताएका हुन्।
काठमाडौँका मेयर बालेन्द्र शाहले महासेठले ठाडो आदेश दिएर काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए। चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।
‘कलंकीदेखि महाराजगजको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको छु। त्यसमा मेरो कुनै आपत्ति छैन,’ मन्त्री सुझावका रुपमा लिएको छु। तर, न्युरोडमा जुन क्रियाकलाप छ, त्यो काननुसम्मत छैन।’
डिभिजन कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै अनुमतिबिना न्युरोडको स्टान्टर्ड मापदण्ड घटाउने काम भइरहेको हुँदा आफूहरुले रोकेको तर, महानगरले विषयान्तर गरेर चक्रपथको विषय जोडेको स्पष्टीकरण दिएको थियो।


