काठमाडौँ- नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन्।
‘गृहमन्त्रीलाई खोज्न चाहन्छु,’ शर्माले भने, ‘तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ? सक्नुहुन्न। बोल्न पनि सक्नुहुन्न।’
शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको आरोप शर्माको अर्को भनाइ थियो।
शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे।


