काठमाडौँ– भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन्।
आइतबार दिउँसो उनी नयाँदिल्लीका लागि उडेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ ७:१५ बजे शपथ लिँदैछन्।
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग कुराकानी गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।
प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ।


